सन्दीपको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश « Khabarhub

सन्दीपको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । 

आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनु भन्ने आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानुन व्यवसायीहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो । 

साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि बकपत्र गराउन आदेश दिएको छ । यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् । 

एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : ३५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल