इजरायल–सिरिया द्वन्द्व बढ्दै « Khabarhub

इजरायल–सिरिया द्वन्द्व बढ्दै


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । 

सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ । सिरियाली ‘लञ्चर’लाई इजरायली ‘ड्रोन’बाट प्रहार गरिएको छ । शनिबार राति सिरियाली पक्षले छ वटा रकेट प्रहार गरेकामा दुई वटा गोलान हाइट्समा खसेका तथा एउटालाई इजरायलको हवाई रक्षा प्रणालीले आकाशमा नै ध्वस्त पारेको थियो । 

सन् १९६७ मा भएको छ दिन लामो युद्धमा इजरायलले सिरियाली भूमि गोलान हाइट्स आफ्नो नियन्त्रणमा लिएको हो । यद्यपि अन्तरराष्ट्रिय सुमदायले त्यसलाई मान्यता दिएको छैन । मुसलमानहरूको पवित्र महिना रमजान, यहुदीहरूको निस्तार र इशाईहरूको इस्टर चाडका बेला मध्यपूर्वमा हिंसात्मक घटनामा  वृद्धि भएको छ । 

गत बुधबार अलअक्सा मस्जिदमा प्रवेश गरी इजरायली प्रहरी मखुण्डो लगाएका तीन सय पचास जनालाई पक्राउ गरेपछि अशान्ति झन बढेको छ । त्यसको भोलि लेबनानबाट ३० भन्दा बढी शृङ्खलाबद्ध रकेट प्रहार भएका थिए । त्यसपछि इजरायलले गाजा र दक्षिणी लेबनानमा बमबारी गरेको थियो । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया