प्याडको व्यवस्था गरेपछि महिनावारी हुँदा कक्षा छाड्नेकाे दर शून्यमा झर्‍यो « Khabarhub

प्याडको व्यवस्था गरेपछि महिनावारी हुँदा कक्षा छाड्नेकाे दर शून्यमा झर्‍यो


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

पाल्पा- यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ ।

विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच रुपैयाँ उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।

आजभन्दा करिब पाँच वर्ष अघिसम्म सेनिटरी प्याड अभावको समस्या देखाउँदै छात्रा घर जाने गरे तापनि अहिले भने सो समस्या नभएको विद्यालयका  लैङ्गिक सशक्तीकरण समिति संयोजक तथा शिक्षक विनिता भट्टराईले बताइन् । विद्यालयमा सेनिटरी प्याड जुनसुकै समयमा उपलब्ध हुन थालेपछि बीचमै कक्षा छाडेर घर जाने क्रम अहिले शून्यमा रहेको उनले बताइन् ।

‘पहिला महिनावारी हुँदा लाज र डरका कारण बताउन नसक्ने, महिनावारी भएपछि विद्यालय नआउने, विद्यालयमा आएर महिनावारी भएमा बीचमै कक्षा छाडेर घर जाने प्रचलन थियो’, शिक्षक भट्टराईले भनिन्, अहिले भने सो दर शून्यमा ल्याउन सफल भएका छौँ ।’

महिनावारीका बेला केही समस्या परेमा विद्यालयभित्रै स्वास्थ्य कक्षसहित एक जना स्वास्थ्यकर्मी  (नर्स शिक्षक) को व्यवस्थाका साथै जुनसुकै समयमा पनि  प्याड प्रयोग गर्ने सक्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । उनका अनुसार एक÷एक महिनाको अवधिमा सेनिटरी प्याडलाई खाल्डोमा माटोले पुरेर राख्ने गरिएको छ ।

‘अहिले महिनावारीको समस्या देखाएर विद्यालय नआउने समस्या छैन । छात्रा महिनावारी हुँदा निर्धक्कसँग समस्या बताएर घर जाने गरेका छन्, नियमित विद्यालय आउने वातावरण तयार पारेपछि उनीहरूमा आत्मबल बढ्नुका साथै डर, त्रास हटेको छ’, उनले भने ।

विद्यालयमा हाल ४५ शौचालय प्रयोगमा छन् । जसमध्ये पाँच छात्रामैत्री शौचालय सेनिटरी प्याड व्यवस्थापनका लागि प्रयोगमा ल्याइएको छ । सानादेखि ठूला कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको उचाइअनुसार फरक फरक खालको शौचालय व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : ३६ बजे

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं– नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं– सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका

निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्‌मा ठूलो पार्टी बन्छ : प्रचण्ड

कास्की– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन