दुई सय आरोहीलाई सगरमाथा आरोहणको अनुमति « Khabarhub

दुई सय आरोहीलाई सगरमाथा आरोहणको अनुमति


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् । 

पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै २८ करोड रोयल्टी जम्मा भएको छ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबर्धक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवर्द्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : ४७ बजे

फागुन ४ देखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय

नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे

काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

काठमाडौं– राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको

समाजवादको नयाँ यात्रा सुरु गर्ने अध्यक्ष दाहालको संकल्प

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले ३१औँ

१२ कक्षा पढेका तारिक रहमान : १७ महिना जेल र १७ वर्ष निर्वासनपछि बन्दैछन् बंगलादेशको प्रधानमन्त्री

ढाका- यो पटकको बंगलादेशको चुनावमा बीएनपी सामु शेख हसिना नेतृत्वको