बोलेरो दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

बोलेरो दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् ।

महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो आज दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् ।

दुर्घटनाका गम्भीर घाइते तीनै जनालाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको वडाध्यक्ष टङ्कराम राईले जानकारी दिएका छन् । बिरामी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाइते भएका छन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदै गर्दा मयुर आधारभूत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जाने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारमा काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले जानकारी दिए । दुर्घटना लगत्तै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०८ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४