भरतपुर महानगरले मापदण्ड विपरितका संरचना भत्काउने « Khabarhub

भरतपुर महानगरले मापदण्ड विपरितका संरचना भत्काउने


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् ।

भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताइन् ।

प्रमुख दाहालले महानगरपालिकाले तीन महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरितका घर, टहरा, कम्पाउण्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताइन् । महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पारिन् । यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी काम अगाडि बढाइने जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले यसअघि पुलचोक गोन्द्राङ ६ लेन सडकमा पर्ने संरचना हटाउने कार्य सम्पन्न गरिसकेको छ । महानगरपालिकाले भरतपुरका अन्य मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउन पत्राचार पनि गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : १८ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई