झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै « Khabarhub

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले प्रस्तुत गरेको दस्तावेज वस्तुनिष्ठ र समग्र राजनीतिक प्रतिवेदन नभएको टिप्पणी गरेका छन् ।

रावलले दस्तावेज एकाङ्गी, पूर्वाग्रहप्रेरित र व्यक्ति केन्द्रित ‘टिपोट’मा सीमित रहेको आरोप लगाएका छन् । उनले सांगठनिक विधि र वैचारिक गम्भीरताका आधारमा दस्तावेजमा गम्भीर कमजोरी रहेको बताएका छन् ।

रावलका अनुसार २५ बुँदामा सीमित उक्त दस्तावेज महासचिवद्वारा प्रस्तुत मूल मस्यौदाको समग्र र गम्भीर समीक्षामा आधारित छैन । मूल मस्यौदाको मर्म, नीति र समग्र राजनीतिक कार्यदिशाको वस्तुगत विश्लेषण गर्नुभन्दा त्यसको एउटा अंश र व्यक्तिविशेषको स्तुति वा टिप्पणीमा मात्रै केन्द्रित भएको उनको भनाइ छ ।

उनले पार्टी पुनर्गठन, रूपान्तरण र आगामी राजनीतिक कार्यदिशाबारे देशभरका नेता–कार्यकर्ताका १३ वटा समूहबाट प्राप्त सुझावलाई दस्तावेजले बेवास्ता गरेको पनि आरोप लगाए । ‘तल्लो तहका समर्पित कार्यकर्ताहरूको पसिना, भावना र दूरदर्शी सोचलाई उपेक्षा गरेर गरिने कुनै पनि अभ्यासले पार्टीलाई सही दिशा दिन सक्दैन,’ रावलले भनेका छन् ।

कार्यदलका संयोजक स्वयंले आफू नेतृत्व गरिरहेको कार्यदल, त्यसको स्थापित क्षेत्राधिकार र पूर्वस्वीकृत प्रक्रियामाथि प्रश्न उठाउनु पनि राजनीतिक र नैतिक रूपमा विरोधाभासपूर्ण रहेको रावलको टिप्पणी छ। यसले कार्यदलको साख, निष्पक्षता र सांगठनिक विधिमाथि प्रश्न उठाएको उनले बताएका छन् ।

रावलले पार्टीलाई व्यक्तिवादी प्रतिरक्षा, एकाङ्गी टिप्पणी र सङ्कुचित घेराबन्दीबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार पार्टीमा वैचारिक स्पष्टता, संगठनात्मक सुदृढता र नयाँ ऊर्जा ल्याउन देशभरका १३ वटा समूहबाट प्राप्त सुझावलाई पूर्ण रूपमा आत्मसात् गर्नु नै पार्टी पुनर्गठनको ‘वस्तुनिष्ठ, वैज्ञानिक र ऐतिहासिक बाटो’ हो ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १० : ४६ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६