झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै « Khabarhub

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले प्रस्तुत गरेको दस्तावेज वस्तुनिष्ठ र समग्र राजनीतिक प्रतिवेदन नभएको टिप्पणी गरेका छन् ।

रावलले दस्तावेज एकाङ्गी, पूर्वाग्रहप्रेरित र व्यक्ति केन्द्रित ‘टिपोट’मा सीमित रहेको आरोप लगाएका छन् । उनले सांगठनिक विधि र वैचारिक गम्भीरताका आधारमा दस्तावेजमा गम्भीर कमजोरी रहेको बताएका छन् ।

रावलका अनुसार २५ बुँदामा सीमित उक्त दस्तावेज महासचिवद्वारा प्रस्तुत मूल मस्यौदाको समग्र र गम्भीर समीक्षामा आधारित छैन । मूल मस्यौदाको मर्म, नीति र समग्र राजनीतिक कार्यदिशाको वस्तुगत विश्लेषण गर्नुभन्दा त्यसको एउटा अंश र व्यक्तिविशेषको स्तुति वा टिप्पणीमा मात्रै केन्द्रित भएको उनको भनाइ छ ।

उनले पार्टी पुनर्गठन, रूपान्तरण र आगामी राजनीतिक कार्यदिशाबारे देशभरका नेता–कार्यकर्ताका १३ वटा समूहबाट प्राप्त सुझावलाई दस्तावेजले बेवास्ता गरेको पनि आरोप लगाए । ‘तल्लो तहका समर्पित कार्यकर्ताहरूको पसिना, भावना र दूरदर्शी सोचलाई उपेक्षा गरेर गरिने कुनै पनि अभ्यासले पार्टीलाई सही दिशा दिन सक्दैन,’ रावलले भनेका छन् ।

कार्यदलका संयोजक स्वयंले आफू नेतृत्व गरिरहेको कार्यदल, त्यसको स्थापित क्षेत्राधिकार र पूर्वस्वीकृत प्रक्रियामाथि प्रश्न उठाउनु पनि राजनीतिक र नैतिक रूपमा विरोधाभासपूर्ण रहेको रावलको टिप्पणी छ। यसले कार्यदलको साख, निष्पक्षता र सांगठनिक विधिमाथि प्रश्न उठाएको उनले बताएका छन् ।

रावलले पार्टीलाई व्यक्तिवादी प्रतिरक्षा, एकाङ्गी टिप्पणी र सङ्कुचित घेराबन्दीबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार पार्टीमा वैचारिक स्पष्टता, संगठनात्मक सुदृढता र नयाँ ऊर्जा ल्याउन देशभरका १३ वटा समूहबाट प्राप्त सुझावलाई पूर्ण रूपमा आत्मसात् गर्नु नै पार्टी पुनर्गठनको ‘वस्तुनिष्ठ, वैज्ञानिक र ऐतिहासिक बाटो’ हो ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १० : ४६ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र