शुक्रबारभित्रै लुम्बिनी सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे « Khabarhub

शुक्रबारभित्रै लुम्बिनी सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रबारभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा  आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टिम सहितको सरकार बिस्तार गर्ने बताए । उनले दिगो विकासको अवधारणा सहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए । 

नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार लाग्ने उनको भनाइ छ ।

त्यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुन सुकै भ्रष्टाचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले एमाले भागबन्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएको दाबी गरे ।

त्यस्तै कांग्रेसका नेतृ निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागी काम गर्नुपर्ने बताए ।  उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १२ : २७ बजे

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध