सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा एकता व्यापार संघले आयोजना गरेको वृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि निजी र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले अझै पनि जनसङ्ख्या अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दी निकै कम भएकाले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको बताए ।

सर्ने वा नसर्ने रोगको व्यवस्थापनका लागि समयमा नै सावधान अपनाउन नसके ठूलो क्षति हुने भएकाले यस विषयमा सरकारको उचित ध्यान जाने मन्त्री बस्नेतले धारणा राखे ।

त्यस्तै उनले मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजी क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : १६ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा