अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ : अर्थमन्त्री « Khabarhub

अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ : अर्थमन्त्री


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि नीति अवलम्बन गरिने बताए ।

उनले समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राखे । अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि पहिलो दिन देखि महिना महिनामा अनुगमन गर्ने उनले बताए ।

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गरे । उनले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताए। उनले करमा केही घरानलाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रित हुनुपर्ने भन्दै उनले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गरे। उनले अनावश्यक साधारण खर्च नगर्ने प्रतिबद्धता सहितको बजेट उन्मुख हुने पनि बताए ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थितिलाई मध्यनजर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए । अहिलेको चुनौतीपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उनले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : ३७ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल