राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो « Khabarhub

राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ ।

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि अन्तिम दिन मंगलबारसम्म राष्ट्रिय सभामा छलफल भएको छ । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाबारे अर्थमन्त्री डा. महतले जवाफ दिएका छन् ।

छलफलमा व्यक्त विचार र सुझावलाई एकीकृत गरी संघीय संसद सचिवालयमार्फत् अर्थमन्त्रालयमा पठाइने ‍गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभाको अर्को बैठक आगामी ३ जेठ बुधबार साँझ ६ः३१ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  २ : ०८ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा