नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कानूनसम्मत कारबाहीको माग गरेको छ ।

घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्ति रहस्यमय तवरमा बेपत्ता हुनुले राजनीतिक संरक्षण भएको देखिने वक्तव्यमा भनिएको छ ।

अध्यक्ष बरालले सरकारी कार्यदल गठनदेखि चलखेलसम्मका सबै प्रक्रियाको सुक्ष्म अध्ययन एवं अनुसन्धानको माग गरे । दोषी जो कोही हुन् कानूनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने माग समाजको छ । “यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाजले निन्दा गर्छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  २ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’