प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका आठ वटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिन थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ । पचास दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी दिइएको र सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति २८ हजार आठ सय ५० रुपैयाँ आम्दानी गरेको गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत पालिकामा १७ मध्ये १० आयोजना सम्पन्न भइसकेका छन् ।  चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक करोड एक लाख १५ हजार रुपैयाँ बजेट छुट्टाइएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुङ्गा विछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाइँवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेको संयोजक न्यौपानेको भनाइ थियो । पालिकाभित्रका एक सय दुई जनालाई रोजगारी दिएका छौँ ।

विकास निर्माण काममा बेरोजगारलाई रोजगार दिने गरी सय दिनको काम लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिइन्। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ७० लाख रुपैयाँ बजेट विनियोजित गरिएको थियो

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन भएका विकासे योजना अन्तिम चरणमा पुगेका छन् । उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको अन्तिम अनुगमन गर्न बाँकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् । उक्त पालिकाभित्रका नौ वटै वडामा सो कार्यक्रम लागू गरिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ०३ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी