सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि « Khabarhub

सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

मंगलबार नेप्से सूचकमा १०.६६ अङ्कले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सूचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।

यता सबै उपसूचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निर्माण तथा प्रशोधनमा वृद्धि भएको छ ।

म‌ंगलबारको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत,  कालिन्चोक दर्शन, सिभिल लघुवित्त वित्तीय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ४१ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल