सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

मंगलबार नेप्से सूचकमा १०.६६ अङ्कले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सूचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।

यता सबै उपसूचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निर्माण तथा प्रशोधनमा वृद्धि भएको छ ।

म‌ंगलबारको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत,  कालिन्चोक दर्शन, सिभिल लघुवित्त वित्तीय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ४१ बजे

बागमती मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् मातहत तीन वटा

सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा

काठमाडौं – सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासङ्घको महाधिवेशनबाट

बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै

गलकोट– बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन् ।