नवलपुरको सामुदायिक वनमा चितुवा मृत फेला « Khabarhub

नवलपुरको सामुदायिक वनमा चितुवा मृत फेला


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपुरको एक सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । शरीरको अंग काटिएको अवस्थामा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

देवचुली नगरपालिका– ९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो । चारवटै खुट्टा र बंगारा काटिएको अवस्थामा वयस्क भाले चितुवा मृत फेला परेको छ ।

खुरसहितका चारवटै खुट्टा र दाह्रासहितको बंगारा नभेटिएकाले तस्कर गिरोहको संलग्नता भएको हुन सक्ने वन कार्यालयको अनुमान छ । कार्यालयका सहायक वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार अखेटोपहारको गैरकानुनी र अवैध धन्दामा संलग्न तस्करको गिरोहले मारेको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको छ।

जंगलमा घाँस–दाउरा गर्न गएका महिलाको समूहले वनको धेरैभित्र अप्ठेरो खोँच ढुंगे ओडारजस्तो ठाउँमा सुतिरहेको बाघ देखिएको भनी खबर गरेपश्चात् वन कर्मचारी–प्राविधिकसहितको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु