नक्कली शरणार्थी प्रकरण : थप दुई विचौलिया पक्राउ « Khabarhub

नक्कली शरणार्थी प्रकरण : थप दुई विचौलिया पक्राउ


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।

काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो । उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

पक्राउ पूर्जी जारी भएका नेकपा (एमालें) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइसकेको पनि रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ५८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको