केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा « Khabarhub

केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैशाख २८ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले १० वटा एजेन्डा तय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १० वटा एजेन्डा तय गरेको हो ।

उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबारको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि विस्तृत छलफल भएको छ।

पहिलो एजेन्डाका रूपमा २०७९ भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटी बैठकयताका राजनीतिक परिवर्तन र घटनाक्रमबारे कुरा भएको उनको भनाइ छ ।

दोस्रो एजेन्डाका रूपमा यसबीचमा पार्टीका सचिवालय बैठकबाट भएका महत्वपूर्ण निर्णयको अनुमोदन रहेको गुरुङले बताए ।

तेस्रो एजेन्डाका रूपमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने रहेको छ।

त्यसै गरी २ महिनासम्म चलेको मिसन ग्रासरुट अभियानको पनि विस्तृत समीक्षा तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा हुनेछ ।

अर्को एजेन्डाका रूपमा सात वटा भौगोलिक प्रदेश र २ गैर भौगोलिक प्रदेशको प्रतिवेदन पेश गर्ने रहेको गुरुङले बताए ।

एमालेले अब केन्द्रीय कमिटी सदस्यहरूलाई वर्षको एक पटक फरक भूगोलमा खटाउने भएको उनको भनाइ छ ।

त्यसै गरी केन्द्रीय कमिटी बैठकका लागि समसामयिक राजनीतिक प्रस्तावसहित अन्य एजेन्डामा पनि विस्तृत छलफल हुने गुरुङले बताए

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ५६ बजे

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका