ए डिभिजन लिगमा आज चार खेल हुने, को-को भिँड्दैछन्? « Khabarhub

ए डिभिजन लिगमा आज चार खेल हुने, को-को भिँड्दैछन्?


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । 

आज खुमलटार र चर्च ब्वाइज युनाइटेड, एपीएफ र फ्रेन्ड्स क्लब, नेपाल पुलिस र सातदोबाटो युथ क्लब तथा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । जारी लिगमा २५ खेलबाट २७ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ । चर्च ब्वाइज ४५ अंकका साथ शीर्ष स्थानमा छ । चर्च ब्वाइज एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको छ । 

यस्तै, एपीएफ र फ्रेन्ड्स क्लबले दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । २५ खेलको समाप्तिसम्म एपीएफको ३० अंक भएको छ भने फ्रेन्ड्सको २७ अंक छ । आजको खेलमा दुवै टोली रेलिगेसनबाट जोगिने प्रयासमा हुनेछन् ।

यसैगरी नेपाल पुलिस र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ । पुलिस ३८ अंकसहित तेस्रो स्थानमा रहँदा ३५ अंक भएको सातदोबाटो पाँचौँ स्थानमा छ । दुवै टोली आज सुखद अन्यको खोजीमा हुनेछन् ।

यस्तै, त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा हुनेछ । अहिलेसम्म आर्मी र हिमालयनको समान ३१–३१ अंक छ ।  

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ६ : ४७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको