मोटोपनाले खतरनाक रोग लाग्नसक्छ « Khabarhub

मोटोपनाले खतरनाक रोग लाग्नसक्छ


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

मोटोपना अहिलेका धेरै मान्छेको प्रमुख समस्या भएको छ। मोटा मानिसमा रोग बढी लाग्न सक्नेका रूपमा चिनिन्छ। त्यसैले मानिस मोटोपना घटाउन धेरै कष्ट गरिरहेका देखिन्छन्। कोही हजारौँ रुपैयाँ तिरेर जिम, जुम्बातिर धाउने गरेको देखिन्छन्। कसैलाई खाना बढी खाएर, कसैलाई औषधि जस्तै स्टोराइडको (साइडइफेक्ट)ले र कसैलाई रोग भएर नलीबिहीन ग्रन्थी जस्तै थाइराइड, पिटुयुरिटी, एड्रिनल, ग्लान्डसको कार्यमा गडबडी भएर हार्मोन्सको असन्तुलनले गर्दा मोटोपन हुनसक्ने चिकित्सक बताउँछन्। अत्यधिक मोटो भएकै कारण धेरैले खाना नै खान छाडेर भोकै बसेका हुन्छन्। तर खान छाडेर मात्रै शरीरको मोटोपना कम हुन सक्दैन। शरीरलाई चाहिने पोषक तत्त्व मोटो दुब्लो सबै व्यक्तिलाई आवश्यक पर्ने चिकित्सक बताउँछन्।

अस्वस्थ खानपान
पछिल्लो समय मानिस घरमा बनाएका खाना भन्दा पनि बाहिर बनाएर र बढी चिल्लो र बोसोयुक्त खाना खाना रुचाउँछन्। जसका कारण मोटोपना दिन प्रतिदिन बढ्दै गइरहेको छ। लामो समयसम्म प्याकेटमा राखेका खाने कुरा अत्यधिक रूपमा खाँदा पनि मोटोपना बढ्छ।

लामो समयसम्म औषधिको प्रयोग
कुनै रोगको उपचारका लागि लामो समयसम्म औषधिको प्रयोग गर्दा मोटोपना बढ्छ। जस्तो: डिप्रेसन लामो समयदेखि दम, जोर्नीको दुखाइमा प्रयोग हुने स्टेरोएड, महिलाले खाने चक्की, सङ्गिनी सुइँ आदि कारणले मोटोपना बढ्न सक्छ।

शारीरिक व्यायाममा कमी
पछिल्लो समय मानिस बिलासी जीवन बिताउने र बढी सेवा सुविधामा ध्यान दिने भएको कारणले शारीरिक व्यायामको कमी भएको छ। थोरै ठाउँमा जानु परे पनि यातायातका साधनको प्रयोग गर्ने, थोरै बाटो पनि नहिँड्ने, अफिसमा काम गर्दा एकै ठाउँमा बसेर लामो समय काम गर्ने गर्दा पनि मोटोपना बढ्छ।
– थाइरोइड रोग लागेको अवस्थामा पनि मोटोपना बढ्नसक्छ।
– धूम्रपान र मद्यपान सेवन गर्दा पनि मोटोपना बढ्नसक्छ।

मोटोपनाका कारण लाग्ने खतरनाक रोग
मोटोपनाबाट धेरै रोग लाग्न सक्छन्। मोटोपना भएसँगै मधुमेहको समस्या हुन सक्ने सम्भावना बढी रहन्छ। त्यसैगरी थाइराइडको समस्या, ग्यास्ट्रिक हुने, यौन क्षमता कमजोरी हुने अथवा बच्चा नहुने समस्या हुन्छ। कब्जियतको समस्या हुने, पायल्स हुने, एकदमै धेरै निन्द्रा लाग्ने, थकाइ लागेको महसुस हुने, कलेजोलगायत शरीरका अङ्गमा बोसो जम्न सक्ने, पित्त थैलीमा पत्थरी हुने, मिर्गौलामा पत्थरी हुने, मुटु रोग लाग्ने, हृदयाघात (मुटुको हार्ट अट्याक) हुन सक्ने, उच्च रक्तचापको समस्या हुने, श्वासप्रश्वासको समस्या बढ्ने, डिप्रेसन हुने, मस्तिकघात (प्यारालाइसिस), घुर्ने-निन्द्रामा सास नै रोकिने र दम लगायतका रोग लाग्छन्।

 

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : १३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील