सुडान युद्ध : शव व्यवस्थापनमै समस्या | Khabarhub Khabarhub

सुडान युद्ध : शव व्यवस्थापनमै समस्या


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुडानको राजधानी खार्तुमको मुल सडकमा दुई साता भएको युद्धका कारण त्यहाँ बसोबास गर्ने नागरिकले कहिल्यै पनि नसहेको दुःख सहनु परेको छ। सडकपेटीमा छरपस्ट भएका शवका कारण उनीहरू हैरान भइसकेका छन्। स्थिति साँच्चै अत्यासलाग्दो छ। ‘तीन जनालाई त मैले घर भित्र नै लगेर गाडेँ। यत्ति मात्र होइन केहीलाई सडकको छेउमा व्यवस्थापन गरेका छौं’, स्थानीय ओमार नाम गरेका व्यक्तिले भने।

कुकरले शव निकालेर खाने सम्भावना नै बढेको छ। छिमेकी घरमै मरेको दृश्य धेरैले देखेका छन्। ओमारले मात्र २० जनाको अन्त्येष्टि गरे। उनले मरेका छिमेकीलाई सेरामिक टाइल कत्ति जनाको ज्यान गयो भन्ने यकिन तथ्यांक छैन। तर, एक हजार भन्दा बढी मारिएको अनुमान छ। त्यहाँको सेना र सपोर्ट फोर्स बीच धेरै पटकको युद्ध विरामका बाबजुद लडाइँ भइरहेको छ। यस लडाइँमा धरै जनाको ज्यान गइसकेपछि ती सबैलाई चिहान घरसम्म लैजान समस्या भएको हो।

सुडानमा घर भित्र नै अथवा छिमेकीले यत्रतत्र व्यवस्थापन गरेर गाडेका शव कहाँ कत्ति छ भन्ने नै यकिन छैन। यसको सङ्ख्या यकिन भएको छैन।

त्यहाँ दुई पक्षका सेना लाखापाखा लागि सके। धेरै जसो गाउँ नै मसानघाटको प्रतिबिम्ब दिने खालका छन्। गत महिना ओमारले चार जानलाई आफ्नो घर नजिकैको सडकको छेउमै खाल्डो खनेर गाडेको थिए। यसको लगत्तै उनी प्रहरी कहाँ त पुगेको थिए। त्यहाँ पुगेपछि थाहा पाएकी उनी जस्तै धेरैले त्यसै गरेर आफ्नो घरको नजिक नै लगेर गाडेका छन्।

सुडानको आयल निगम नजिकै विश्व विद्यालय छ। त्यसै विश्वविद्यालयको आसपास धेरै चिहान खडा गरिएका छन्। नजिक जान नै अत्यास लाग्दो अवस्था छ। अन्य धेरै सहर छिर्ने सडकको छेउमा व्यवस्थापन गरिएका छन्। सुडानमा घर भित्र नै अथवा छिमेकीले यत्रतत्र व्यवस्थापन गरेर गाडेका शव कहाँ कत्ति छ भन्ने नै यकिन छैन। यसको सङ्ख्या यकिन भएको छैन।

यसरी शव व्यवस्थापनमै सक्रिय छन्, हमिद । उनले तीन जना सेनाको शव व्यवस्थापन गरेका छन्। सेनाको हवाई जहाज विस्फोट भए पछिका शव व्यवस्थापन गर्ने क्रममा उनले त्यहाँ सडक खनेर नै शव गाडेका हुन्।

पछिल्ला २० वर्षदेखि प्रोपर्टी एजेन्टको रूपमा काम गर्दै आएका उनका लागि यो काम अस्वभाविक मात्र थिएन। जिन्दगीमा कहिल्यै कल्पना गर्न सकेन नसकिने खालको थियो। ‘उनीहरूलाई त्यहीँ गाड्नुको अन्य विकल्प नै छैन। टाढासम्म हिँडेर मसानघाटमा लगिए पनि त्यहाँ पनि खाली स्थान पाउन सकिँदैन थियो ,’ हमिदले भने। उनको विचारमा समाजमा यो नयाँ जिम्मेवारी आएको हो।उनले समाजमा स्वास्थ्य महामारी आउन नदिनका लागि अपनाइएको यो महत्त्वपूर्ण काम भएको बताए। तर, उनीहरूको यस कामलाई सबैले सकारात्मक रूपले लिइएका भने छैनन्।

सबै इँटा र अन्य सामानको अवस्था तथा चिहानका लागि तयार पारिएको खाडलको गहिराइ पनि त्यसै अनुसार हुनु आवश्यक छ। त्यसो नभएपछि कुकुरले खोतलेर बाहिर निकाल्ने सम्भावना हुन्छ ।

त्यहाँको चिकित्सक युनियनका प्रमुख डा. अब्दुल्ला अतिया अतिसले यो काम सफा नियतले गरिएको भए पनि युद्ध अपराध बढाउने आशय व्यक्त गरे। उनले यसरी शव गाड्न थालिएपछि युद्धको तथ्यांक फेला नपर्ने र सत्य घटना बाहिर आउन कठिन हुने बताएका छन्।
उनले स्थानीयले शव रेडक्रस तथा स्थानीय स्वास्थ्य संस्थालाई जिम्मा लगाउनु उपयुक्त हुने धारणा व्यक्त गरे।

‘मृतकको शव यसरी गाड्नु सही होइन। अन्त्येष्टि प्रक्रिया सकारी अधिकारी या आफन्तको उपस्थितिमा हुन आवश्यक छ। फोरेन्सीक विशेषज्ञको अभावमा यो हुन आवश्यक छ। किनकी उनीहरूको डिएनए लिन पनि त्यत्तिकै आवश्यक छ,’ अतिसले भने। दुई स्वयंसेवक ओमार र हमिदले गाड्नु दुवैको तस्बिर लिएको बताएका छन्। उनीहरूले शव चिन्न सजिलो होस् भन्ने हेतुले त्यो तस्बिर लिएको बताए।

डा. अतिस यसरी असुरक्षित रूपले शव गाड्न थाले पछि यसले सङ्क्रामक रोगको जोखिम समेत बढाउन सक्ने बताउँछन्। उनको विचारमा सबै मापदण्ड तयार गरेर गाडिएको छैन। सबै इँटा र अन्य सामानको अवस्था तथा खाडलको गहिराइ पनि त्यसै अनुसार हुनु आवश्यक छ। त्यसो नभएपछि कुकुरले खोतलेर बाहिर निकाल्ने सम्भावना पनि त्यत्तिकै रहन्छ। उनको कुरामा हमिद भने असहमत छन्। उनको विचारमा सबै सुडानवासी शव गाड्ने तरिकामा सचेत छन्। सबैलाई कम्तीमा एक मिटर खनेर मात्र यसलाई गाड्ने गरेका छन्।

आफ्नै परिवारका सदस्यलाई घरमै गाड्नुको पीडामा सुडानको राजधानी सहर खार्तुुम छटपटाइ रहेको छ।

रेडक्रसमा आबद्ध अर्का एक स्वयंसेवी अहमद भने हरेक शवको तस्बिर खिच्दै सडकको शव सफा गर्दै छन्। उनले ती हरेक शवको पहिचानको प्रयास गरेका छन्। डा अतीसको असहमतिको बाबजुद सुडानको स्वास्थ्य संयन्त्र नै तहसनहस भएका कारण यसको अर्को विकल्प नै नभएको त्यहाँको स्थानीय बताउँछन्।

११ मेका दिन दुई महिना सुडानी चिकित्सक मग्डोलीन र मग्डा युुसुफ ग्लानिको अन्त्येष्टि गरिएको भिडियो सामाजिक सञ्जालमा नै भाइरल भएको थियो। उनकै भाइले समेत घर भित्र नै गाड्नुको कुनै विकल्प नभएको बताए। अहिले सुडानमा दुर्गन्धको क्रम सुरु भएको छ। रेडक्रसले त्यहाँको शव झिकेर मसानघाटसम्म लैजाने प्रयास त नगरेको होइन। तथापि यो सम्भव भएको छैन।

आफ्नै परिवारका सदस्यलाई घरमै गाड्नुको पीडामा सुडानको राजधानी सहर खार्तुुम छटपटाइ रहेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : २१ बजे

प्रथम अदानचुली सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

सिमकोट– जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली सांस्कृतिक

बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग 

लन्डन– बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको

साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम

बामदेव एमालेमा भित्रिए पार्टी क्षतिग्रस्त हुन्छ

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्रको विषयले व्यापक

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग