१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम « Khabarhub

१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन्।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन्।

सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुर्व्यवहार भोगेकी थिइन्। यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महसुस गरिन्। घटनाबारे उनले कसैलाई सुनाइनन्। यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन्।

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुर्व्यवहारको शिकार हुन्छ। मलाई थाहा छ कि मैले पनि दुर्व्यवहार भोगेकी थिएँ। त्यो मेरा लागि ठुलो चोट थियो। यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ। मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन्। सोनमका अनुसार यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो। जहाँ उनी आफ्ना साथीहरूका साथ फिल्म हेर्न गएकी थिइन्।

‘सबै मानिसहरु केही खानेकुरा किन्न बाहिर गएका थिए। त्यही बेला एक मानिस पछाडिबाट आएर मेरो छाती थिच्यो। त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन। मेरो छाती थिचेपछि म कामें। मलाई थाहा थिएन कि यो के भइरहेको छ। त्यसपछि म भित्र गएर पुरै फिल्म हेरें। त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन्।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : २१ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको