ट्रम्पविरुद्ध थप ७ आपराधिक मुद्दा दर्ता « Khabarhub

ट्रम्पविरुद्ध थप ७ आपराधिक मुद्दा दर्ता


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

न्युर्योक – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढेको बढ्यै छ। अहिले फेरि ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने तयारी भएको छ ।

ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्ताबेज आफूसँग राखेको आरोप छ। अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।

ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन् ‘मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि भनिएको छ।’ मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए।

आफूविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले थप असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर मैले कहिल्यै सोचेको थिएन। अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ। म निर्दोष छु।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै