ट्रम्पविरुद्ध थप ७ आपराधिक मुद्दा दर्ता « Khabarhub

ट्रम्पविरुद्ध थप ७ आपराधिक मुद्दा दर्ता


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

न्युर्योक – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढेको बढ्यै छ। अहिले फेरि ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने तयारी भएको छ ।

ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्ताबेज आफूसँग राखेको आरोप छ। अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।

ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन् ‘मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि भनिएको छ।’ मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए।

आफूविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले थप असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर मैले कहिल्यै सोचेको थिएन। अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ। म निर्दोष छु।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ४९ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका