शोभितको बद्री बहादुरको फस्टलुक सार्वजनिक | Khabarhub Khabarhub

शोभितको बद्री बहादुरको फस्टलुक सार्वजनिक


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ ।

फिल्म साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिलममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ ।

समीर मिया सह–निर्माता रहेको कमेडी जनराको फिल्ममा सलोन बस्नेत र पूजा शर्माको विशेष भूमिका देखिनेछ । फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ९ : १० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ