विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ | Khabarhub Khabarhub

विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर प्रतिपक्ष दलले विभिन्न टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणले देशको शिर ठाडो पार्न नसकेको, राष्ट्रियता र सीमाका विषयमा राम्रा कुरा नभएको आरोप प्रतिपक्षी दलको छ । नागरिकता विधेयकमा राष्ट्रघातक हुने काम गरेको र बजेट निर्माण गर्ने क्रममा अनाधिकृत मान्छेलाई प्रवेश गराएको आरोप लगाएको छ । प्रधानमन्त्रीको भारत भ्रमण, बजेट र समसामयिक विषयमा आधारित रहेर नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

यो भ्रमणमा किन प्रतिपक्षले चित्त बुझाउन सकेन ?
प्रतिपक्षको भूमिका भनेको सकारात्मक कुरालाई प्रोत्साहन गर्ने र नराम्रो कुराको विरोध गर्ने हो । सत्तामा हुँदा आफूले गर्दा त्यही राम्रो काम हुने र अरूले गर्दा नराम्रो भन्नु हुँदैन ।
पहिला नै भारत भ्रमण बिग्रियोस् भनेर लाग्ने काम भएको थियो। फेरि भ्रमणमा उपलब्धि नभएको भन्ने त आफै हलो अड्काउने र गोरु चुट्ने काम हो ।

संसद् अवरोध गर्न, बजेट निर्माणको क्रममा एक जना व्यक्तिलाई फाइदा पुग्ने गरी करको दर बढाउन कम्प्युटर चलाउन लगाइयो भन्ने आरोप छ । यथार्थ के हो ?
जो सत्तामा भए पनि काम गर्ने कर्मचारी उनै छन् । अहिले भ्रम फैलाउने काम मात्र भएको छ । यसमा कुनै सत्यता छैन । अघिल्लो पटक सिसिटिभीको तार काटियो त्यो कुरा एकातिर होला । तर अहिले काम गर्ने व्यक्ति आफैले मैले यो काम पहिलादेखि नै गर्दै आएको छु भन्दा भन्दै पनि यो कुरा आउनु भनेको कसरी अवरोध गर्ने भन्ने मात्र हो ।

हामीले संविधान ल्यायौँ तर संविधान बनेपछि त्यही अनुसार पार्टी, संसद् सबै चल्नु पर्ने हो तर कोही चलेका छैनन् । हाम्रो हिजोदेखि नै प्रतिपक्षमा बसेकोले विरोध गर्ने र असहमत गर्ने परम्परा थियो त्यो काम अहिले भइरहेको छ । अब सबै सुधारेर जानुपर्छ ।

देश विकास गरेर अगाडि बढ्नुपर्ने समयमा दलहरु किन झगडा गरेर बसेका छन् ?
२०४८ सालको निर्वाचन भएपछि सरकार चल्न सकेन । मध्यावधि चुनाव भयो र कुनै पनि पार्टीको बहुमत आएन । एमाले सबै भन्दा ठूलो पार्टी बन्यो । कांग्रेस र एमाले मिलेर देश चलाउँछु भनेको भए हुन्थ्यो । तर एमालेले लोकेन्द्र झालाई र कांग्रेसले सूर्यबहादुर थापालाई अगाडि सारे । त्यसको परिणाम आम जनताले भोग्नु पर्याे ।
प्रधानमन्त्री प्रचण्डले अहिले के गर्नु भएको छ । त्यसको आधारमा जानुपर्छ । हिजोको कुरा हेरेर हुँदैन । प्रधानमन्त्रीले अब हिजोका त्रुटी सुधारेर जानु पर्छ भन्नु राम्रो हो ।

प्रधानमन्त्रीसँग भ्रमणमा गएका पाँच मन्त्रीले के गरे र मुलुकले के पायो ?
अहिले देशको अर्थतन्त्र खच्किएको बेला थोरै मान्छे जानुपर्ने हो तर अलि धेरै भए । तर व्यापारी उद्योेगी आफ््नो खर्चले जानुभएको छ । सरकारको खर्चबाट थोरै मात्र मान्छे जानु भएको छ । भ्रमणमा सम्झौता भए, सहमतिहरू भए । सम्बन्धित मन्त्रीहरू सहभागी हुनु भएको छ । ७ बुँदामा सुझाव तयार भएको छ । त्यो राम्रो हो । म पनि गएको थिए । सल्लाहकारको भूमिका भनेको प्रधानमन्त्रीलाई सहज गराउने कार्य योजना ल्याउने हो । नीति कार्यक्रममा हामीले नेतृत्व गरेर काम गयौँ ।

प्रधानमन्त्रीको भारत भ्रमणको आलोचना र फर्किदा मुर्रा राँगाका कुरामा मात्र किन भइरहेको छ ?
राँगालाई मिडियामा लगेर जोड्नु भनेको घटिया काम हो । यो तीन वर्ष अघिदेखिको प्रक्रिया थियो । त्यो अहिले कार्यान्वयन भएको छ । कसैले दिएको कुरामा सांसदले आलोचना गर्ने हो । अझै दिएको भए राम्रो हुन्थ्यो । विदेशीले दिएको गिफ्टको स्वागत गर्नुपर्छ ।

नर्तकी लगाएर राज्य मन्त्रीले हेपेर स्वागत गरे नि किन ?
विदेशमन्त्री बाहिर हुनुहुन्थ्यो राज्यमन्त्री आउनुभयो । राजनीतिक दलहरूले नेपालको विदेशी नीतिहरूमा समान धारणा ल्याउनु पर्याे । भ्रमणहरू हुँदा प्रोटोकलहरू कसरी मेन्टेन गर्ने भनेर छलफल गर्नुपर्छ । यस्ता नराम्रा कुराको भ्रम छर्नु हुदैन ।

सुरक्षा सल्लाहकारसँगको छलपलमा प्रधानमन्त्रीले छोरीलाई राखेर किन नेपालका प्रतिनिधि राख्नु भएन ?
विदेश मन्त्री बाहिर भएको कारणले डोभालसँग नै भेट गर्ने भनियो । प्रधानमन्त्रीको अधिकार हो मन्त्री, सचिव, परराष्ट्रका अधिकारी राख्ने नराख्ने भन्नेमा । प्रधानमन्त्रीले नै प्रष्ट रुपमा डोभालसँग अनौपचारीक वातावरण बनाउने छोटो कुरा हो भन्नु भएको थियो ।
सामान्य मान्छेले जे देख्छ त्यो बोल्छ तर राजनीतिक दलका नेतृत्वले त्यसको कारण पत्ता लगाउनु पर्याे। बुझ्न कोसिस गर्नुपर्याे । यस्तो भयो नराम्रो सन्देश गयो भनेर सुझाव दिनुपर्याे । नि सानो कुरा आयो भन्दैमा विरोध मात्र गर्ने होइन ।

हुनु पर्ने केही कुरा भएन, सीमा, हवाई लगायतका कुरा उठाइएन भन्ने कुरा आएको छ नि ?
अहिले यी मुद्दा उठाएको भए प्रचण्ड त्यसै फर्किन्थे भन्ने हो । अनि फर्केपछि जे गर्न गएका गर्न सकेनन् भन्ने हुन्थ्यो । कुनै कुरा छुटेका छैनन् कुरा सबै राखिएको छ । तर फोकस भनेको नेपाल भारत सम्बन्ध सुधार गर्ने हो । सहकार्य हामीलाई आवश्यकता छ भनेर डिल गरेको हो ।

डोभालसँगको भेटपछि तिप्तता भएको हो ?
नेपालमा कसरी यो भ्रमण असफल बनाउने भनेर सबै लागे । जब प्रधानमन्त्रीसँग हामी बसेर यस्तो सूचना आयो के हो भनेर मुख्य सचिवसँग छलफल गर्दै जाँदा विस्तारै सकारात्मक वार्ता भयो । जो मान्छे त्यो बेला भ्रमण असफल होस् भनेर भाकल गरेका थिए अहिले भ्रमण सफल भएन भनेका छन् । डोभालसँगको कुराकानी पछि वातावरण बिग्रिन थालेका थियो र हामी सबै छलफल गरेर अगाडि गयौँ ।

प्रधानमन्त्री भ्रमणमा जाँदा बोल्न नपर्ने कुरा मिडियामा बोलेको कालापानीको ठाउँको सट्टा बङ्गलादेशको बाटोको बारेमा पनि विकल्पमा सोच्न सकिने कुरा संसदमा किन भन्नुभयो ?
बुद्धिनारायण श्रेष्ठले जाने बेलामा कालापानीको कुरामा हल गर्नुपर्छ यसरी समस्या समाधान गर्नुपर्छ भनेपछि प्रधानमन्त्रीले मान्नु भएको हो । समस्या समाधान कसरी गर्ने भनेर लाग्नु पर्छ नि बिज्ञ माछेबाट आएको सुझावलाई उहाँले मान्नु भएको हो ।

क्रान्तिबाट आएको मान्छे अहिले मन्दिर दर्शन गरेको भन्ने कुरामा विरोध छ नि ?
हामी त्यो मन्दिर जानु पहिले कुरा भनेको इन्दोर सफा सहरको रूपमा चिनिएको छ । त्यो बाट नेपालको प्रदूषण रोक्न सहज होला कि भनेर गइयो । मन्दिरमा गएपछि लुगा फेर्न पर्ने रहेछ र उहाँले धर्ममा निराशा नछाओस् भनेर भावनामा ठेस नलागोस् भनेर उहाँले लगाउनुभयो । परिस्थितिले माग गरेको कारणले गरियो । प्रधानमन्त्रीले जे गर्नुपथ्र्यो त्यो गर्नुभयो

यो भ्रमणको सन्दर्भमा राम्रो भएको के र नराम्रो भएको के ?
वातावरण बिग्रिए पति समालेर हामीले कुरा अगाडि बढ्यौँ । एयर रुटको कुरा भएको भए नेपाली जनताले प्रष्ट रूपमा बुझ्थे । त्यसैले हामीले जे सोचेर गएका थियौँ । त्यो भएन ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : ०१ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा