गृहमन्त्रीले सुरक्षा दिन नसक्ने भए एमालेले आफ्नो सुरक्षा आफैँ गर्छौँ : योगेश भट्टराई « Khabarhub

गृहमन्त्रीले सुरक्षा दिन नसक्ने भए एमालेले आफ्नो सुरक्षा आफैँ गर्छौँ : योगेश भट्टराई


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश नामकरणको आन्दोलन आफ्नो पार्टीप्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन नसक्ने भए पार्टीले आफ्नो सुरक्षा आफैँ गर्नेसमेत बताएका छन् ।

‘मधेसमा एमालेलाई लखेट्ने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पूर्वमा एमालेलाई लखेट्ने भनियो, २०७० सालमा ताप्लेजुङदेखि पूर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुई तिहाई ल्याएर परिवर्तन गरे भइहाल्छ तर पहिचानको नाममा एमालेमाथि आक्रमण भइरहेको छ, यो सह्य छैन ।’

सत्ताधारी पहिचानवादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन नसक्ने भए आफैँ आफ्नो सुरक्षा गर्ने पनि उनले बताएका छन् ।

‘कहिले हाम्रो अध्यक्षमाथि हमला हुन्छ, कहिले मुख्यमन्त्रीमाथि हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरुले गरिरहेका छन्, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’ उनले भने, ‘तर, यदी गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन् भने एमालेको सुरक्षा एमाले आफैँले गर्छ ।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १२ : ४० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका