खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित | Khabarhub Khabarhub

खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

उदयपुर– त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि आफूहरू चिन्तित बनेको सम्बन्धित क्षेत्रका कृषक बताउँछन् ।

खैराहाका कृषक विष्णु कार्की भन्छन्, ‘आफ्नो भएको झन्डै एक बिघा जग्गा सबै खेतमा यसपटक मकैबाली लगाएको हुँ, जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको थियो, तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाले, मकैको बोट पात सुकेर सिक्रिक्क परिसकेका छन्, यसपटकको मकैबाली खान नपाइने भयो ।’

पोर्ताहका कृषक देवीलाल चौधरीको पनि गुनासो कार्कीको उस्तै छ । चौधरीले भने, ‘आफ्नो खेतमा लगाएको मकैबाली सुरुमा राम्रो थियो, तर जेठको पहिला हप्तादेखि नै खडेरी पर्न थाल्यो, झनै दिनदिनै सुक्खा खडेरी लाग्न थालेपछि मकैको बोट मर्न थाल्यो, अहिले खेतको अधिकांश मकैका बोटमध्ये ५० प्रतिशत बोट त सुकी नै सके ।’ भर्खर सुत्ला लाग्दै गरेको मकैको बोट धमाधम सुक्न थालेपछि लक्ष्मीपुर क्षेत्रका कृषकसमेत चिन्तित बन्न पुगेको छन् ।

लक्ष्मीपुरका छेदीलाल चौधरीका अनुसार मकैको बोट खडेरीले मर्न थालेपछि कतिपय कृषकले बोरिङ र घरको कलको मोटरबाटसमेत खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरेका छन् । यस्तै घरभन्दा टाढा सुक्खा खेतमा मकैखेती गर्नेका मकैका बोट सुकेर नै मर्न थालेको चौधरीले बताए ।

जोगिदहका कृषकका अनुसार यस क्षेत्रका खेतमा लगाइएको मकैको बोटमध्ये झन्डै २५ प्रतिशत बोट मर्न थालेको र अझै केही दिन सुक्खा खडेरी नै रहने सम्भावना रहेका कारण यस पटकको मकैबाली उठाउन सक्ने अवस्थामा नरहेका कारण आफूहरू निराश बन्न पुगेको कृषक बताउँछन् ।

गाउँघर नजिक खेतमा लगाइएको मकैबालीलाई कृषकले कल र मोटरबाट खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरिरहेका छन् भने सुक्खा ठाउँका खेत तथा गाउँभन्दा टाढाका खेतको मकैको बोट भने मर्न थालेको र बचाउन नसकिने अवस्था रहेको कृषक बताउँछन् ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  २ : १४ बजे

सडकमै केराको बोट रोपेर विरोध

भक्तपुर– अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक

केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा तीन ठूला

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने क्रिकेट टोलीलाई बिदाइ

काठमाडौं– टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय

महाकाली नदीमा दुई बालिका बेपत्ता

दोधारा चाँदनी- कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता