गर्मी बढेसँगै गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन « Khabarhub

गर्मी बढेसँगै गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नवलपुर– तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन निर्देशन दिएको छ । 

नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाँईले गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न सार्वजनिक सूचना जारी गरेका हुन् ।

‘बर्खे बिदामा मिलान हुने गरी जेठ २१ देखि जेठ २६ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गरिएको थियो’, उनले भने, ‘जेठ २८ गतेदेखि विकल्प खोज्दै बिहानी सत्रमा विद्यालय खोल्न नगरकार्यपालिकाबाट निर्देशन आएकाले सोहीअनुसार गर्न सूचना जारी गरिएको हो ।’ 

विद्यालयको भौतिक अवस्था हेरी दिवा सत्र वा बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन भएको उनले जानकारी दिए। दिवा सत्रको कक्षा सञ्चालन समय नियमानुसार तथा बिहानी सत्रको कक्षा सञ्चालनको समय विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गर्न चापागाँईले आग्रह गरे । 

आइतबारदेखि बिहानी सत्रमा सञ्चालन गर्ने विद्यालयले पनि गर्मी कम भएपछि दिवा सत्रमा कक्षा सञ्चालन गर्नेगरी पठनपाठन गराउन उनले आग्रह गरेका थिए । जेठ २५ गते नवलपुरमा नेपालकै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो । 

जिल्लाको दुम्कौलीमा बुधबार ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । देवचुली नगरपालिकामा पर्ने दुम्कौली गैँडाकोट नगरपालिकासँगै जोडिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ४ : ३३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन