जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनेबारे आयोग र १२ दलबीच समझदारी « Khabarhub

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनेबारे आयोग र १२ दलबीच समझदारी


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोग र विभिन्न राजनीतिक दलहरुबीच जिल्ला निर्वाचन कार्यालय खारेज गरि प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने निर्णय फिर्ता लिनुपर्ने समझदारी भएको छ ।

शुक्रबार आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत विभिन्न १२ राजनीतिक दलहरुसँग गरेको छलफलमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी इकाइ खडा गर्ने काम नेपालको संविधान र प्रचलित कानूनविपरित हुने भएकाले यसलाई फिर्ता लिनुपर्ने समझदारी भएको हो ।

छलफलका क्रममा कार्यालय खारेज गर्ने विषयमा सरकारबाट कुनै निर्णय भएको भए तत्काल उक्त निर्णय फिर्ता लिई जिल्ला निर्वाचन कार्यालयहरु यथावत रुपमा सञ्चालनका लागि आवश्यक स्रोत साधान उपलब्ध गराउन आयोगमार्फत सरकारलाई लेखीपठाउने निर्णय भएको छ । छलफलपछि कांग्रेस सह–महामन्त्री जीवन परियारले प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्न नहुने भन्दै जिल्ला निर्वाचन कार्यालयलाई छुट्टै अंगका रुपमा राखिनुपर्ने धारणा राखे ।

त्यस्तै, एमाले निर्वाचन विभागका सचिव केदार कोईरालाले निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्ताव संविधान विपरित र आयोगको स्वायत्ताविपरित रहेको बताए । उनले निर्वाचनलाई कार्यकारीको छाँया बनाउने नियतका साथ सरकारले उक्त प्रस्ताव ल्याएको भन्दै सबै दलले उक्त प्रस्तावको विरुद्धमा सर्वसम्मत निर्णय गरेको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता मुक्ति प्रधानले कानूनमा नभएको विषयलाई सरकारले अघि बढाउन खोज्नु स्वीकार्य नभएको तर्क गरे ।

छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यालय खारेज गरि प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने कामले आयोगको स्वतन्छता र स्वतन्त्रतामा आघात पुग्नेमा दलहरुको बुझाइ रहेको बताए । उहाले छरिएर रहेका निर्वाचन कानूनलाई एकीकृत गर्नेगरी आयोगले विधेयक तयार गरेको र यस विषयमा दलहरुलाई जानकारी गराइएको बताए ।

त्यस्तै, आयोग र दलहरुबीच निर्वाचन व्यवस्थापन विधेयक स्वीकृतिको प्रक्रिया अघि बढाउन र विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली संकलनका लागि कार्य प्रारम्भ गर्ने तथा राजनीतिक दलहरुको लेखा परिक्षणका सम्बन्धमा आयोगलाई सधै राजनीतिक दलहरुले आवश्यक सहयोग गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ४ : ४१ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक