प्रधानमन्त्री प्रचण्ड र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षबीच भेट « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षबीच भेट


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गरेका छन् । 

भेटमा प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको छ दशक लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नुपरेका जलवायुजन्य चुनौती र हरित विकासका सम्भावनाबारे छलफल गरे ।

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै उनले मुख्यतः जलविद्युतको विकासका लागि वित्त व्यवस्थापनमा विश्व बैंकले खेलेको समन्वयकारी भूमिकाका लागि धन्यवाद दिए ।

माथिल्लो अरुण आयोजनाका लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको समन्वयकारी पहलका लागि धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले नेपाल सरकारको प्राथमिकतामा रहेको सो आयोजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गरिँदा अन्य आयोजनामा स्रोतको कमी हुन नदिनेतर्फ ध्यानाकर्षण गराए ।

उनले नेपालको जलविद्युत् विकासबाट नेपाल मात्र नभई छिमेकी मुलुक भारत तथा बंगलादेशसमेत लाभान्वित हुने साथै हरित र स्वच्छ ऊर्जाको विकासबाट जलवायु परिवर्तनका असर न्यूनीकरण भई क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ पाउने बताए ।

हालै भएको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत दीर्घकालीन सम्झौतामार्फत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसले जलविद्युत् विकासमा नयाँ सम्भावना खोलेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत् विकासमा सहकार्य गर्न बङ्गलादेशसँग पनि छलफल भइरहेको जानकारी गराए ।

भेटमा बैंकका उपाध्यक्ष मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व बैंक सधैँ तत्पर रहेको उल्लेख गर्दै उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्न सुझाव दिए। उनले सुधारका क्षेत्रमा हातेमालो गर्न विश्व बैंक सधैँ अग्रसर हुने प्रतिबद्धता जनाए ।

सो अवसरमा विश्व बैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वाङ्ग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोसलगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ६ : ०० बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक