ए डिभिजन लिग : खुमलटार रेलिगेसनमा « Khabarhub

ए डिभिजन लिग : खुमलटार रेलिगेसनमा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा उपाधि विजेता चर्च ब्वाइज युनाईटेडले सहज जित निकालेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा चर्च ब्वाइजले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजसँग पराजित भएसँगै खुमलटार भने रेलिगेसनमा परेको छ । खुमलटार बढुवा भएकै सिजन ’बी’ डिभिजनमा घटुवा भएको छ । खेलको १३ औं मिनेटमा सुशील शाहले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जोसेप बेम्पाहले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए । चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । खुमलटार २६ खेलमा २७ अंक जोडेर पुछारमा रह्यो ।

त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्यो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक एक गोल गरे ।यस जितसँगै फ्रेन्ड्सले २६ खेलमा ३० अंक जोडेको छ । एपीएफको २६ खेलमा ३० अंक रहेको छ ।

त्यस्तै शुक्रबार नै च्यासल मैदानमा पुलिसले सातदोबाटो युथ क्लबलाई १–० गोल पराजित गर्यो । पुलिसको जितमा अहमद हिजाजीले २१ औं मिनेटमा निर्णायक गोल गरे । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । पुलिसले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । सातदोबाटोको २६ खेलमा ३५ अंक रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : २३ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन