लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट | Khabarhub Khabarhub

लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लमजुङ – आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट लमजुङमा १० वटा सडकले बजेट पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहहरुका सडक स्तरोन्नतीका लागि समपुरक एवं विशेष अनुदान अन्तर्गत १० वटा सडकका लागि बजेट विनियोजन भएको हो ।

सडक योजना अन्तर्गत बेसीशहर, दोर्दी र दुधपोखरीका दुईवटा सडक परेका छन् । सो बाहेक मध्यनेपाल, राईनास, सुन्दरवजार र मस्र्याङदीका एक–एकवटा सडक परेका छन् । जिल्लाको क्होलासोँथार गाउँपालिकाको लागि भने एउटै सडकका लागि पनि बजेट विनियोजन भएको छैन ।

सडक स्तरोन्नती योजना अन्तर्गत बेसीशहरस्थित धुरपुरे–दुईथोक–विम्दा–वाख्रेजगत सडक स्तरोन्नतीका लागि आगामी आर्थिक वर्षमा एक करोड २५ लाख रुपैया आउने भएको छ । सो सडक बहुवर्षिय योजना अन्तर्गत १० करोड रुपैया विनियोजन भएको भएको छ । त्यसैगरी बेसीशहरकै उदिपुर–नयाँगाँउ सडक स्तरोन्नतीका लागि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ । सो सडक पनि बहुबर्षिय योजना अन्तर्गत आठ करोड ७२ लाख रुपैया विनियोजन भएको सडक हो ।

आगामी आर्थिक वर्षमा मध्यनेपाल नगरपालिका अन्तर्गत भोर्लेटार, वांग्रे, नेटा मालिका मन्दिर सडकका लागि ५० लाख रुपैया विनियोजन भएको छ । सो सडक पनि बहुबर्षिया योजना अन्तर्गत पाँच करोड रुपैया विनियोजन भएको सडक हो ।

आगामी आर्थिक वर्षमा राईनास नगरपालिका अन्तर्गत वगरगाँऊ–टुँडावगर–सडक र उपल्लोफाँट–ठुलोवगैंचा – पाडेवेशी – जुडिखेत सडकका लागि ८० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिया योजनामा रहेको सो सडकका लागि १० करोड विनियोजन भएको छ । त्यसैगरी सुन्दरवजार नगरपालिका अन्तर्गत भारती सदन लिंगे डाँडा हुँदै रामदी पेट्रोल पम्प मोटर बाटो स्तरोन्नतीका लागि पनि ८० लाख रुपैया विनियोजन भएको छ ।

दुधपोखरी गाउँपालिका अन्तर्गत लामागाँऊ–जोर्ने–सामघडेरी सडक स्तरोन्नतीका लागि एक करोड ३० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिय योजना अन्तर्गत सो सडकका लागि नौ करोड रुपैया विनियोजन भएको थियो । दुधपोखरीकै प्यारजुंङ्ग–पात्ले सडक स्तरोन्नतीका लागि पनि एक करोड ३० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिया योजनामा रहेको सो सडकका लागि पनि नौ करोड बजेट विनियोजन भएको छ ।

यस्तै मस्र्याङदी गाउँपालिका अन्तर्गत खुदी–सिउरुङ–स्यांगे सडक स्तरोन्नतीका लागि भने एक करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी दोर्दी गाउँपालिका अन्तर्गत नौथर–शेरा–तांजे सडक स्तरोन्नतीका लागि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ । दोर्दी अन्तर्गतकै ठाँटी–पिपल भञ्ज्याङ्ग – सल्लावाट मोटरवाटो निर्माणका लागि पनि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : २६ बजे

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन युआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि