सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।

आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवं प्राथमिकता र नीतिबीच अस्पष्टता र विरोधाभास रहेको बताए । उनले भने, “सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति कार्यक्रममा स्पष्ट छैन, सैद्धान्तिक आधारविहीन र प्राथमिकता अस्पष्ट छ ।”

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले नीति कार्यक्रममा थुप्रै विषय समेटिएको भन्दै प्रतिपक्षी बेञ्चमा बस्नेबाट सबै कुरा खराबैखराब देख्ने प्रवृत्तिको अन्त्य गरी सकारात्मक सोच राख्न पनि जरुरी रहेको बताए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले नीति कार्यक्रम आधारभूत रुपमा स्वच्छ सुरुआत भएको भन्दै प्रशंसा र आलोचनाको चेतनाभन्दा समालोचनाको चेतनाले गरिने छलफल बहसले आउने निष्कर्ष पनि वैज्ञानिक र उन्नत हुने बताए ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेशको विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताए । नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नीति कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै यसलाई वस्तुनिष्ट ढङ्गले बजेटमा व्यवस्थापन गर्नुपर्ने बताए ।

राप्रपाकी खेमादेवी विष्टले सरकारको नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिएको भए पनि स्वास्थ्य र शिक्षाका बारेमा ठोस योजना नआएको बताए

यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको आगामी आव २०८०/८१ को नीति कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै