शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा « Khabarhub

शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको लागि शिक्षण सहजकर्ता नियुक्त गर्दा अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । कामपाले गत वर्ष एसईई नतिजा सुधार गर्न भन्दै अनिवार्य पाँच विषयका लागि दुई महिनाको लागि शिक्षण सहजकर्ता नियुक्त गरेको थियो ।

यस वर्ष भने अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरी शैली परिवर्तन गरेर मात्रै उक्त कार्यक्रमलाई निरन्तरता दिने कामपा शिक्षा विभागका प्रमुख सिताराम कोईरालाले जानकारी दिए । उनले भने, “दुई महिना थोरै भयो यसलाई बढाउनुपर्छ सोहीअनुसार तयारी भईरहेको छ ।”

यस वर्ष कामपाले सम्बन्धित विद्यालयका शिक्षकलाई नै जिम्मेवार बनाएर अघि बढ्ने प्रमुख कोईरालाले तयारी भएको जानकारी दिए । गत वर्ष उक्त कार्यक्रमको लागि बाहीरबाट दुई महिनाको लागि शिक्षक ल्याइएको थियो ।

आफ्ना विद्यार्थी कुन अवस्थाका छन् र तीनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे कार्यरत शिक्षकलाई नै थाहा हुने भएकाले विद्यालयका विषयगत शिक्षकलाई नै जिम्मेवार बनाएर कार्यक्रमलाई निरन्तरता दिने तयारी कामपाको रहेको छ ।

कामपाले गत वर्षको एसईईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवि विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गरेको थियो ।

शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड बनाईएको थियो ।

अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँचरपाँच जना सहजकर्ता नियुक्त गरेको हो । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

केही सामुदायिक विद्यालयको एसईई नतिजा राम्रो नरहेको भन्दै कामपाले उक्त कार्यक्रम ल्याएको हो । गत वर्ष मागभन्दा कम सहजकर्ता र सहयोगी गरी ४३ जना मात्र नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ९ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष