नक्कली भूटानी शरणार्थी प्रकरण : आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै « Khabarhub

नक्कली भूटानी शरणार्थी प्रकरण : आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नक्कली भूटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम उल्लेख भएको अडियोमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ ।

प्रहरी प्रधान कार्यालयले अडिओ नक्कली भूटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको  जनाएको हो ।

वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियो  कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ ।

उक्त अडियोमा आरजुलाई पनि पैसा दिइएको सन्देशले बोलेका छन् । तर, यसलाई आरजुले खण्डन गर्दै आफूले यसबारे जानकारी नै नभएको बताउँदै आएकी छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध गठीत तथा सङ्गठित अपराध कसुरमा मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : २९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज