प्रधानमन्त्रीले छुट पाए, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट म अपराधी : बालेन « Khabarhub

प्रधानमन्त्रीले छुट पाए, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट म अपराधी : बालेन


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा परेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा तारेख पर्चाको तस्वीरसहित पोस्ट गर्दै मेयर बालेनले आज आफ्ना लागि विशेष दिन रहेको उल्लेख गरेका छन् । उनले फेसबुकमा भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा भएपनि भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री (प्रचण्ड) ले छुट पाएको उल्लेख गरेका छन् ।

‘आज एउटा विशेस दिन, आजबाट म तारिखमा छु’, उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।’

उनले आजबाट आफू अपराधी भएको टिप्पणी पनि गरेका छन् । उनले लेखेका छन्, ‘जय होस् देशको ।’

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ३८ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक