सर्वोच्चको निर्णय कोशी सरकारले स्वीकार गर्छ : मुख्यमन्त्री थापा « Khabarhub

सर्वोच्चको निर्णय कोशी सरकारले स्वीकार गर्छ : मुख्यमन्त्री थापा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा एमालेले प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रष्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताए । प्रदेशको बजेटसम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकाले आर्थिक मामिलामन्त्री नियुक्ति गरेको बताउँदै उनले अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्वपूर्ण कार्य भएको धारणा राखे ।

मुख्यमन्त्री थापाले प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रिमण्डल गठनमा सहमति रहेको र यसमा कुनै विवाद नभएको बताए । उनले वर्तमान सरकारले ३० दिनभित्र विश्वासको मत लिनुका साथै सोही अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिने बताए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : १६ बजे

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका