प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान  | Khabarhub Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी भए निवेदन आह्वान गरेको छ । 

समितिले आज एक सूचना जारी गरी संवैधानिक परिषदबाट सर्वोच्चको प्रधानन्यायाधीशका लागि सिफारिस श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो । संवैधानिक परिषद्ले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

समितिले उक्त पदमा श्रेष्ठलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिन भित्रमा उजुरी दिन भनेको छ ।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत समितिले जानकारी गराएको छ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्। 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठ साउन २१ देखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

  

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : १४ बजे

राष्ट्रसंघको महासभा : नेपाल घरेलुसँगै अन्तर्राष्ट्रिय विषयमा केन्द्रित

न्यूयोर्क – नेपालले यसपटक संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा निकै महत्त्वपूर्ण

भरुवा बन्दुकसहित एकजना पक्राउ

रूकुम पश्चिम – प्रहरीले रूकुम पश्चिमबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग

निर्माणाधिन भवनको छतबाट खसेर मजदुरको मृत्यु

भक्तपुर- नगरकोटमा निर्मानाधिन एउटा होटेलको छतबाट खसेर एकजना मजदुरको मृत्यु