पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित « Khabarhub

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायी विद्युत सेवाबाट वञ्चित छन्। 

ठूलो आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।

मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन् ।

हिजो एक हजारभन्दा बढी उडान स्थगित भएका थिए भने संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिङ्टन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।

यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको छ। मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइएको छ । मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : ३० बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको