ब्रेकिङ स्टोरी

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

By खबरहब

August 09, 2023

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एकसय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

साउन १० गते पछि पटक पटक रोकिँदै आएको संसद बैठक हिजो चलेको भए पनि अन्तिममा सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले विरोध जनाउँदै संसद अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।