आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील : मुख्यमन्त्री पाण्डे « Khabarhub

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील : मुख्यमन्त्री पाण्डे


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गरे ।

‘जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो’, सन्देशमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने नाराका साथ आज संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको सन्देशमा उल्लेख छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : २८ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६