आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील : मुख्यमन्त्री पाण्डे « Khabarhub

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील : मुख्यमन्त्री पाण्डे


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गरे ।

‘जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो’, सन्देशमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने नाराका साथ आज संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको सन्देशमा उल्लेख छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : २८ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता