बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा  « Khabarhub

बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । 

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए। आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए । 

सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका सवारीसाधन बैसरी र म्याग्दीबाट मुस्ताङतर्फ हिँडेका सवारीसाधन राहुपारे खण्डमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए। 

मुस्ताङ जान र फर्किएका तीर्थयात्री, पर्यटक र स्थानीयवासी सडक अवरुद्ध हुँदा अलपत्र परेका थिए । बैसरीको अधेरीखोला खण्डमा सडकमाथिको पाखोबाट निरन्तर पहिरो खस्दा सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ । 

गत वर्षदेखि सुरु भएको पहिरो विस्तार हुनेक्रम जारी छ । भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : २२ बजे

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई