स्थानीय निकायको समन्वयमा मात्र उद्धारमा खटिन रास्वपाको निर्देशन  « Khabarhub

स्थानीय निकायको समन्वयमा मात्र उद्धारमा खटिन रास्वपाको निर्देशन 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजिकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै र्‍यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज मुग्लिन–नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले  कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला-स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने जानकारी दिएका छन् ।

रास्वपाद्वारा जारी विज्ञप्तिले यस्ता कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय  र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिङ्गो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो ।

‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र ¥यापिड एक्सन टिमले जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ’, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अतः नागरिकका समस्या समाधान गर्न सहजिकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार जानकारी गराइन्छ ।’

रास्वपाका अनुसार आरएटीले नागरिकको दैनिक जीवनका समस्या सहजीकरण गर्न सहयोग गर्नेछ ।  अत्यन्त जोखिमपूर्ण क्षेत्रमा कम्तीमा २० सदस्यसहितको उक्त समूहले विशेषगरी वर्षायाममा बाढीपहिरोको विपत्तिबाट जोगाउने र मद्दत गर्ने पार्टीका प्रवक्ता ढकालले बताए। 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : २८ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा