सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष लिङ्देन « Khabarhub

सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष लिङ्देन


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राज्यले सबै जाति र समुदायको संरक्षण गर्नुपर्ने बताएका छन् । २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौँमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण समानरूपमा गर्नु राज्यको दायित्व रहेको बताएका हुन् ।

उनले भने, “अल्पसङ्ख्यक जातिको समुदाय पनि यहाँ छ । सबैले आफ्नो समुदाय मात्र ख्याल गर्ने हो भने त्यस्ता खालका जाति समुदाय लोप हुन सक्छन् । कुनै पनि बेला सांस्कृतिक अतिक्रमणको सिकार बन्न सक्छन् । पछिल्लो समय धर्म परिवर्तन प्रबल रूपमा बढेको छ । यसले झन कुनै पनि समुदाय अर्को जनगणना आउने बेलासम्म समाप्त हुन सक्छ । त्यसकारण पनि राज्यले सबै जाति समुदायको संरक्षण समान रूपमा गर्नुपर्छ ।” राप्रपा मन, वचन र कर्मले सबै विविधताको संरक्षण गर्ने पक्षमा छ भन्दै उनले राप्रपाले सबैलाई समानरूपले हेर्ने गरेको बताए । सरकारमा जाने मौका पाएको अवस्थामा राप्रपाले सम्पूर्ण जाति, भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने उनको भनाइ थियो ।

शान्त मुलुक नेपालमा बसेका आदिवासी जनजातिले कसैको आडमा बसेर आगामी दिनमा कुनै किसिमका द्वन्द्व, हिंसा, अपराध विरोध र विद्रोह गर्ने खालका अनैतिक कर्म नगर्नसमेत उनले आग्रह गरे । राप्रपाका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशमशेर राणाले आफू सधैँ जनजातिका पक्षमा रहेको बताए ।

उनले देशको राजनीतिमा जनजातिको ठूलो हिस्सा रहेको भन्दै आदिवासी जनजाति देशको महत्त्वपूर्ण स्थानमा पुग्न सफल भएकामा खुसी लागेको बताए । राप्रपा आदिवासी जनजाति विभाग प्रमुख दीपककुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा आदिवासी जनजाति विभाग सदस्य शुक्रराज प्रजाले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : १३ बजे

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : पासाङ दावा शेर्पा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र