सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष लिङ्देन « Khabarhub

सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष लिङ्देन


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राज्यले सबै जाति र समुदायको संरक्षण गर्नुपर्ने बताएका छन् । २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौँमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण समानरूपमा गर्नु राज्यको दायित्व रहेको बताएका हुन् ।

उनले भने, “अल्पसङ्ख्यक जातिको समुदाय पनि यहाँ छ । सबैले आफ्नो समुदाय मात्र ख्याल गर्ने हो भने त्यस्ता खालका जाति समुदाय लोप हुन सक्छन् । कुनै पनि बेला सांस्कृतिक अतिक्रमणको सिकार बन्न सक्छन् । पछिल्लो समय धर्म परिवर्तन प्रबल रूपमा बढेको छ । यसले झन कुनै पनि समुदाय अर्को जनगणना आउने बेलासम्म समाप्त हुन सक्छ । त्यसकारण पनि राज्यले सबै जाति समुदायको संरक्षण समान रूपमा गर्नुपर्छ ।” राप्रपा मन, वचन र कर्मले सबै विविधताको संरक्षण गर्ने पक्षमा छ भन्दै उनले राप्रपाले सबैलाई समानरूपले हेर्ने गरेको बताए । सरकारमा जाने मौका पाएको अवस्थामा राप्रपाले सम्पूर्ण जाति, भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने उनको भनाइ थियो ।

शान्त मुलुक नेपालमा बसेका आदिवासी जनजातिले कसैको आडमा बसेर आगामी दिनमा कुनै किसिमका द्वन्द्व, हिंसा, अपराध विरोध र विद्रोह गर्ने खालका अनैतिक कर्म नगर्नसमेत उनले आग्रह गरे । राप्रपाका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशमशेर राणाले आफू सधैँ जनजातिका पक्षमा रहेको बताए ।

उनले देशको राजनीतिमा जनजातिको ठूलो हिस्सा रहेको भन्दै आदिवासी जनजाति देशको महत्त्वपूर्ण स्थानमा पुग्न सफल भएकामा खुसी लागेको बताए । राप्रपा आदिवासी जनजाति विभाग प्रमुख दीपककुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा आदिवासी जनजाति विभाग सदस्य शुक्रराज प्रजाले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : १३ बजे

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान