टेकु र सङ्खुवासभा घटनाबारे छानबिन गर्न समिति गठन « Khabarhub

टेकु र सङ्खुवासभा घटनाबारे छानबिन गर्न समिति गठन


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक अधिवक्ताले दिएको अभिव्यक्तिका विषयलाई लिएर साउन १७ गते प्रहरी परिसर टेकुमा भएको धर्नामा प्रहरीले बल प्रयोग गरेको भनिएको घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज उक्त घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए ।

गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् । त्यस्तै कारागार कार्यालय सङ्खुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको आज कारागारभित्रै मृत्यु भएका सम्बन्धमा समेत सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न आजकै निर्णयानुसार अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ३१ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया