संसारको रित कसैले बदल्न सक्दैन | Khabarhub Khabarhub

संसारको रित कसैले बदल्न सक्दैन


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कुनै एक गाउँमा एक गरिब किसान परिवार थियो । परिवारमा बाबु–आमा र एक छोरा थिए । समय सँगसँगै दुःखसुख दिनहरू चल्दै थिए । 

एक दिनको कुरा हो– उनीहरूको छोरा बिरामी पर्‍याे । सकेको औषधोपचार त गरे तर छोरालाई जोगाउन सकेनन् ।

छोराको मृत्यु भएपछि बाबुआमा नै शोकमग्न भए । बाबुले त जसोतसो धैर्यता देखाए । तर आमाको मातृस्नेह छोराको मृत्यु स्वीकार्न तयार भएन । उनी रोइकराइ गर्न थालिन् । गाउँलेहरूले धेरै सम्झाइ बुझाइ गरे । तर पनि उनले मन बुझाउन सकिनन् ।

उनी छोरालाई अँगालो हालेर रोइरहिन् । उनले डाक्टर, वैद्य, धामीझाँक्री सबैसँग छोरा बचाइ दिन बिन्ती गरिन् । सबैले उनको आर्तनादलाई महसुस गरे तर मृत छोरा बचाउन सक्ने कसैसँग तागत थिएन ।

उनीहरूले ती महिलालाई धेरै सम्झाए । जति सम्झाइबुझाइ गरे पनि नमानेपछि सँगै रहेका एक महात्माले अब यी मृत बालकलाई बुद्धले बाहेक कसैले बचाउन नसक्ने भन्दै बुद्धको शरणमा जान सुझाव दिए ।

ती महिला महात्माको सुझाव अनुसार आफ्नो मृत छोरा बोकेर बुद्ध भएका ठाउँमा पुगिन् । मृत बालक बोकेर आफू सामु आएकी महिलालाई बुद्धले सोधे, ‘माते किन यसरी शोक गरेको ? के भयो ?’

ती महिलाले बुद्धको शरणमा पर्दै भनिन्– ‘मेरो छोरा दुई दिनदेखि बोल्न छोडेको छ, केही खाँदैन । सबैले यो मरिसक्यो भन्छन् ! कसैले पनि मेरो छोरालाई बोल्ने बनाइदिएन । डाक्टर, वैद्य, झाँक्री सबैकोमा लागिसकेँ । कसैले मेरो छोरालाई बोल्ने बनाइदिएन । 

तपाइँ त बुद्ध हो नि ! तपाइँ त सारा संसारलाई बुझ्न सक्नुहुन्छ । सबैका पीडालाई महसुस गर्न सक्नुहुन्छ ! मेरो छोरालाई के भएको हो ? हेरिदिनुपर्‍यो । म यो बिना एकछिन पनि बस्न सक्दिनँ ।’

ती महिलाका कुरा सुनिसकेपछि बुद्धले भने– ‘हेर तिम्रो छोरा भगवानमा लिन भइसकेको छ । तर पनि म तिम्रो छोरालाई बचाइदिन सक्छु, तर तिमीले मैले भनेको कुरा पूरा गर्नुपर्छ । अन्यथा मैले यसलाई जियाउन सक्दिनँ ।’

ती महिला आफ्नो छोरो बिउँतने कुरामा जस्तोसुकै काम गर्न तयार भइन् ।

त्यसपछि बुद्धले ती महिलालाई भने– ‘अब तपाइँ यो बालकलाई यहीँ राखेर जुनसुकै गाउँ, शहरमा जानुहोस् र जुन घरमा कहिल्यै कोही मानिस मरेका छैनन् त्यस्ता सात घरबाट एक–एक मुठ्ठी चामल मागेर ल्याउनुहोस । त्यो चामल खुवाएर म यो बालकलाई बिउँताइदिनेछु । तर एउटा कुरा नबिर्सनुहोस् ! मानिस मरेका घरको चामल भने चल्ने छैन ।’

त्यसपछि ती महिला बुद्धलाई प्रणाम गरी छोरा जिउने आशामा चामलको खोजीमा हिँडिन् । उनी गाउँ, शहरका हरेक घरमा चामलका लागि पुगिन् तर बुद्धले भनेजस्तो मान्छे नमरेको घर उनले भेट्टाउन सकिनन् ।

सात दिनसम्म उनी त्यस्तो घरको खोजीमा रहिन्, जुन घरका परिवारका मानिस अहिलेसम्म कोही मरेका छैनन् । उनी हजारौँ घरहरूमा पुगिन् तर पनि मानिस नमरेको घर फेला पार्न सकिनन् ।

त्यसपछि उनी बुद्ध भएको ठाउँमा फर्किइन् र केही नबोली आफ्नो मृत छोराको अन्तिम संस्कारको तयारीमा लागिन् ।

त्यसपछि बुद्धले सोधे– ‘माते, खै त चामल ?’

महिलाले भनिन्– भगवान् ! मैले संसारको रित बुझेँ, मानिस नमरेको घर नै कहाँ हुँदो रहेछ र ! ढिलो चाँडो मात्र हो, जन्मिएपछि एक दिन त अवश्य मर्नै पर्ने रहेछ । यो ब्रह्माण्डमा हरेक प्राणी जन्मिएपछि त्यसको मृत्यु निश्चित रहेछ । जुन संसारको रित छ त्यसलाई कसैले बदल्न नसक्ने रहेछ ।’ 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : २५ बजे

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता