बागलुङको ‘रिग क्षेत्र’ पर्यटक आकर्षणको केन्द्र बन्दै « Khabarhub

बागलुङको ‘रिग क्षेत्र’ पर्यटक आकर्षणको केन्द्र बन्दै


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागलुङ– तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ ।

निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । एक दशक अगाडिसम्म गुमानाम रिग क्षेत्र अहिले एकाएक चर्चामा छ ।

पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल पनि छ । तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृृश्यावलोकन गर्नेको पछिल्लो समय भिड नै लाग्ने छ । पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ । जुन बागलुङ, रोल्पा र पूर्वीरुकुम जिल्लाको सङ्गमस्थल पनि हो ।

केही वर्ष अगाडिसम्म गुमनाम रहेको रिग अहिले निकै चर्चामा छ । मध्यपहाडी लोकमार्गले गर्दा पातीहाल्ने चर्चामा आयो । पातीहाल्ने पुग्ने पर्यटक रिगतालमा सहजै पुग्ने हुँदा अहिले चहलपहल बढी नै छ ।

केही वर्ष अगाडिसम्म सुनसान थियो यो क्षेत्र । वर्षात्को समयमा गोठालेले भेडाबाख्रा र बस्तुभाउ चरनका रुपमा प्रयोग गर्थे । हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनासन हुन्थ्यो । तर अहिले बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । वर्षातको समयमा होस या हिउँदको, दुवै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यले धेरैलाई तान्ने गरेको छ । निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्र भएपछि बढी चर्चामा आएको हो । त्यसभन्दा अगाडि यसको त्यति चर्चा थिएन ।

यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन् । रिग क्षेत्रमा हरेक दिन मान्छेको आवतजावत बाक्लिँदै गएको स्थानीय पुनराम घर्तीमगरले बताए । पछिल्लो समय वर्षा हुँदा पनि पर्यटक गाडी लिएर घुम्न आउने गरेको घर्तीमगरको भनाइ छ ।

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन् । पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् ।

रिग ताल तीन हजार २०० सय मिटर उचाइमा रहेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्र करिब चार हजार मिटरको उचाइमा छन् । रिग तालसम्म पुग्ने सडक निर्माणसमेत भएको छ । सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाइदिएको छ ।

सिमानाबाट गाडीमा पाँच मिनेट र पैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ । अहिले यहाँ बिदाको दिन बढी आन्तरिक पर्यटक पुग्ने घर्तीमगरको भनाइ छ ।

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आएका मिनबहादुर ओलीले पछिल्लो समय यो क्षेत्र निकै चर्चित बन्दै गएको बताए । रुकुमकोटबाट करिब दुई घण्टामै रिग आउन सकिने हुँदा आफू धेरै पटक यहाँ आउने गरेको ओलीको भनाइ छ ।

शान्त वातावरण र स्वच्छ हावापानी रहेको हुँदा ध्यान र योगा गर्नका लागि यो ठाउँ निकै उपयोगी रहेको उनको भनाइ छ । लोकमार्गले तीन जिल्लालाई जोडेपछि पातीहाल्ने र रिग ताल क्षेत्र धेरैको रोजाइमा परेको ओलीले बताए ।

रिग क्षेत्र निसीखोलाको शिरमा पर्छ । यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्यधिक भिडभाड हुन्छ । रिगतालको नाम मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ ।

यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्यूठान, अर्घाखाँची, पर्वतलगायतका ठाउँको देख्न सकिन्छ भने माछापुच्छ्रे«, अन्नपूर्ण, धौलागिरि लगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ५८ बजे

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा