मितेरी संगीतका सूत्रधारः गोपाल योञ्जन | Khabarhub Khabarhub

मितेरी संगीतका सूत्रधारः गोपाल योञ्जन



नेपाली सङ्गीत इतिहासमा धेरै किसिमका संगीतकार आए। तर प्राय संगीतकार कुनै न कुनै बाजाका पोख्त वाद्यवादक थिए। जसमध्ये एक नाम हो गोपाल योञ्जन। गोपाल योञ्जन बाँसुरीमा एक पोख्त वाद्यवादक थिए। उनले संगीतकारका रूपमा आफ्नो साङ्गीतिक यात्रा सुरु गर्दा दिलमाया खातीको साथमा ‘साउन फेरि फर्की आयो’ गीतबाट सुरु गएका हुन्। तर गोपाल योञ्जनको गीतकारिताको जीवनलाई थाती राखेर संगीतकारको रूपमा कुरा गर्दा उनले वरिष्ठ गीतकार ईश्वर वल्लभ, नगेन्द्र थापा जस्ता गीतकारसँग सहकार्य गरे। नगेन्द्र थापासँग गोपाल योञ्जनको घनिष्ठता मितज्यू सम्बन्ध भन्दा पनि उच्च कोटीको थियो।

गोपाल योञ्जनलाई ईश्वर वल्लभका गीतहरूबाट पनि विषेशगरी ‘सारा दिन अरूलाई बाँडे शायद ती रात मेरा’जस्तो गीतबाट नारायण गोपालको स्वरमा सुपरिचित भएको हो।

यो गीत कुन घडीमा कसरी लेखियो भन्ने विषयमा साहित्यकार इन्द्रबहादुर राईले एक रेडियो पातामा यो गीतको रचना गर्भका बारेमा भन्दा निकै रोचक लागेको थियो। स्कुल भवनको काम लिएर दार्जेलिङ पुगेका ईश्वर वल्लभ त्यहाँ भवन निर्माण गर्ने कम्पनीका सरदार थिए।

कुनै साँझ इन्द्रबहादुर राई ईश्वर वल्लभलाई खोज्दै स्कुल भवन निर्माण गरिरहेको ठाउँमा पुगे। इन्द्रबहादुर राईले त्यहाँ काम गर्ने कुल्ली मजदुरलाई सोधे र भने तिम्रो सरदार खोइ ? ती कुल्ली मजदुरहरुले इशारा गरेर भित्र देखाउँदा ईश्वर वल्लभ सिमेन्टको बोराका माथि बसेर हिसाब किताब गरिरहेको थिए। राईलाई लाग्यो उनले कुनै सिमेन्टका बोराको र ढुंगा मुडाको हिसाब गरिराखेको होलान्। तर होइन रहेछ । ईश्वर वल्लभ त्यो सिमेन्टका बोरामाथि बसेर गीत लेखिरहेका थिए। त्यो गीत थियो, ‘सारा दिन अरूलाई बाँडे शायद ती रात मेरा’।

यो गीतको मुखडा मात्र तयार थियो। आकाशवाणी खरसाङमा यो गीत रेकर्ड भयो। यो गीत गाउने बेलामा गोपाल योञ्जनले यसका अन्तराका शब्दहरू आफैले लेख्न लगाए। र त्यहाँ गीतकारको रूपमा गोपाल योञ्जन र ईश्वर वल्लभको नाम आयो। पछि यो गीत रेडियो नेपालमा रेकर्ड हुने भएपछि गोपाल योञ्जनले पुन एक पटक ईश्वर वल्लभलाई बाँकी अन्तराहरू मागेपछि उनले दुवै अन्तराहरू दिए। त्यसपछि यो गीत नारायण गोपालको स्वरमा रेकर्ड भयो।

धेरै वर्ष यो गीत ईश्वर वल्लभको नाममा बजेन। पछि २०५६ सालपछि ईश्वर वल्लभ आफैले पहल गरेर यो गीतको गीतकार म हुँ भनेर चर्चामा ल्याएपछि यो गीत उनको नाममा बज्यो।

गीतकै कुरामा ईश्वर वल्लभको अर्को गीत ‘बिहान नभई सारा सित बतासैले सुकाइदिन्छ’ लोकप्रिय भयो। यो गीतमा पनि गीतकारको नाम ईश्वर वल्लभको नभएर अरु कुनै गीतकारको थियो। पछि रेडियो नेपाल गएर बुझ्दा गीतकारको रूपमा नगेन्द्र थापाको नाम थियो। र ईश्वर वल्लभले फोनमार्फत नगेन्द्र थापालाई अनुरोध गरेपछि पुन सच्याएर गीतमा ईश्वर वल्लभको नाम राखियो।

ईश्वर वल्लभले रचेका गोपाल योञ्जनले सङ्गीत गरेका धेरै गीतमध्ये केही गीत निकै लोकप्रिय भए। त्यसमध्ये एक गीत हो, ‘मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौँ यो पिर हो।’

गोपाल योञ्जनले सङ्गीत गरेका अर्का गीतकार नगेन्द्र थापा हुन् । नगेन्द्र थापाको गीत ‘मेरो गीत’ निकै चर्चामा आयो। विवादमा पनि आयो। त्यो बेलाका रेडियो नेपालको महाप्रबन्धक भोग्यप्रसाद साहले गीतको शब्दहरू छाँटकाँट गर्नुपर्छ भनेपछि गीतमा काँटछाँट गर्ने परिस्थिति आयो।

‘मेरो गीत कसैले सुन्दैन यो धर्ती आकाशले सुनोस्’ भनेर पछि यसरी सच्याइयो। यो गीत नगेन्द्र थापाको जीवनको एउटा ‘माइल्स्टोन’ हो। ‘मेरो गीतमा उभिएको तुलो’ गोपाल योञ्जनले सङ्गीत गरेको उत्कृष्ट गीतमा त्यो पर्छ। जुन गीतमा नारायण गोपालको स्वर छ।

त्यसैगरी नगेन्द्र थापाले ‘बिर्सिएर फेरि मलाई नहेर यहाँ एक जीवन आँशुमा डुब्छ’ नगेन्द्र थापाको शब्दमा गोपाल योञ्जनले सङ्गीत गरेको अर्को महत्त्वपूर्ण गीत हो।

नगेन्द्र थापा र गोपाल योञ्जन दुवै मिलेर गीत पनि लेखेका छन् ‘तिमी देख्दा रहर मेरो जागेर आउँछ’ पुरुषको भार एक जनाले र महिलाको भार एक जनाले गरेर दुवैले यसरी गीत लेख्ने परम्परा सुरु गरेका थिए।

गोपाल योञ्जनले नगेन्द्र थापाका गीतहरू सङ्गीत गर्नेक्रममा नेपाली कथानक चलचित्र ‘बदलिदो आकाश’मा पनि उहाँको शीर्षक गीतलाई सङ्गीत गरेका छन्। नगेन्द्र थापाको शब्दमा ‘नर र नारी सृष्टिको दुई सुन्दर उपहार हो’यो गीत नारायण गोपालले चार दिन लगाएर गाएका हुन्।

यो गीत शाही नेपाल चलचित्र संस्थानद्वारा निर्माण गरिएको र नेपालमै रेकर्डिङ गर्नुपर्छ भनेर शाही नेपाल चलभित्र संस्थानको नीति अनुसार नेपालमा रेकर्ड गरिएको गीत हो।

यो चलचित्रमा प्रकाश श्रेष्ठ र तारा थापाले गाएको ‘सुन्तली ओठ बनामी आँखा नागबेली हेराई’ नगेन्द्र थापाको शब्दको गोपाल योञ्जनको सङ्गीतको अर्को लोकप्रिय गीत हो। गीतकार नगेन्द्र थापाले गोपाल योञ्जनबाहेक अरु संगीतकारसँग सहकार्य गरेनन्। गायक नारायण गोपालबाहेक अरु गायकसँग पनि सहकार्य गरेनन्।

पछिल्लो चरणमा नगेन्द्र थापाले गोपाल योञ्जनबाहेक चलचित्रका निम्ति शम्भुजित बास्कोटासँग एउटा फिल्मको गीत लेखे भने माणिक रत्नले उनका दुई गीत गाएका छन्। बाँकी सबै गीत र सङ्गीत गोपाल योञ्जनले गरेका छन्।

गोपाल योञ्जनका प्रिय गीतकारमध्ये ईश्वर वल्लभको एक गीत ‘खोला कति टाढा’ कमला श्रेष्ठको स्वरमा रेकर्ड भएको छ। यो एउटा महत्त्वपूर्ण गीत हो। यो ईश्वर वल्लभको रचनामा।

गोपाल योञ्जनका अन्य गीतकारमध्ये किरण खरेल, गोपालराज पन्त, लक्ष्मण लोहनी धेरै नाम आउँछन्। तर गोपाल योञ्जनले चेतन कार्कीका गीतलाई विशेषताका साथ विभिन्न रूपमा सङ्गीत गरेका छन्।

नेपाली चलचित्रका संगीतकार गोपाल योञ्जनका बारेमा जति चर्चा गरे पनि कम नै हुन्छ। उनको सङ्गीत र साङ्गीतिक यात्रा सबैको निम्ति शुभकामना।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : २४ बजे

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले