अफ्रिकी सङ्घलाई जी-२० को स्थायी सदस्यता | Khabarhub Khabarhub

अफ्रिकी सङ्घलाई जी-२० को स्थायी सदस्यता


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको हो । 

जी २० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी सङ्घको प्रतिनिधित्व गरिरहेका सङ्घका अध्यक्ष अजाली असुमानीलाई जी २० को स्थायी सदस्यका रूपमा समूहका नेताहरूसँगै आसन ग्रहण गर्न आग्रह गरे । ‘सबैको स्वीकृतिमा अफ्रिकी सङ्घका प्रमुखलाई जी २० को  स्थायी सदस्यको रूपमा आफ्नो स्थानमा बस्न अनुरोध गर्दछु’ प्रधानमन्त्री मोदीले आफ्नो स्वागत मन्तव्यका क्रममा भने । 

प्रधानमन्त्री मोदीको अनुरोधसँगै विदेश मन्त्री एस जयशंकरले युनियन अफ कोमोरोसका अध्यक्ष एवं अफ्रिकी सङ्घका अध्यक्ष असुमानीलाई विश्व नेताहरूका स्थानमा लिएर गए। जी २० को सदस्यका रूपमा अफ्रिकी सङ्घलाई समावेश गर्नु भारतको उद्देश्य थियो जुन आज पूरा भएको छ ।  प्रधानमन्त्री मोदीले नै अफ्रिकी सङ्घलाई समूहमा ल्याउन प्रस्ताव गरेका थिए ।

‘हामीले जी २० को कारवाही सुरु गर्नुअघि म मोरक्कोमा भूकम्पका कारण ज्यान गुमाएकाहरूप्रति समूहका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,  घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।  यस कठिन घडीमा मोरक्कोलाई हरसम्भव सहयोग गर्न भारत तयार छ,’ प्रधानमन्त्री मोदीले स्वागत मन्तव्य व्यक्त गर्दै भने । 

प्रधानमन्त्री मोदीले गत जुनमा जी २० का आफ्ना समकक्षीहरूलाई  पत्र लेखेर  नयाँदिल्ली शिखर सम्मेलनमा अफ्रिकी सङ्घलाई पूर्ण सदस्यता प्रदान गर्न अनुरोध गरेका थिए। सन् २००२ मा सुरु भएको अफ्रिकी महादेशका ५५ देशको समूह अफ्रिकी सङ्घलाई सङ्घमा आवद्ध देशहरूको अनुरोधमा पूर्ण सदस्यता दिन प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १ : १२ बजे

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल आजदेखि

ताप्लेजुङ– तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आज सुरु

‘गलवान’पछि सलमानको डबल धमाका: पिरियड थ्रिलर र ‘बजरंगी भाईजान’ को सिक्वेल चर्चामा

मुम्बई – बलिउड अभिनेता सलमान खान अहिले आफ्नो आगामी फिल्म

भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

भोजपुर– भोजपुरमा शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले निर्माण

तनहुँ म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास